सनपाटको डाँठ सन्ठीले समेत पाउन थाल्यो मूल्य
gorkhapatraonline.com · Fri Oct 02 06:09:00 GMT 2026

सनपाटको रेसा निकालिसकेपछि भित्रको डाँठ (सन्ठी) ले समेत राम्रो मूल्य पाउन थालेको छ । मूल्य पाउन थालेपछि किसानले आफैँ मोरङका गाउँ–गाउँमा पुर्याएर सनपाटको सन्ठी बेच्न थालेका छन् ।
मोरङको रङ्गेली–८, दरबेशाका श्याम पासवानले १० कट्ठामा सनपाट लगाउनुभएको थियो । सनपाटको मूल्य कुरेर बसिरहनुभएका पासवानले सन्ठी प्रतिभारी १५० रुपियाँमा बिक्री गरिरहनुभएको छ । सिटी सफारीमा सन्ठीको भारी राखेर बिक्री गर्न गाउँ–गाउँ डुलिरहनुभएका पासवानले भन्नुभयो, “छ गाडीजति निस्किएको थियो । चार गाडी बेचिसकेँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)