ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित संक्रमणदर बढेसँगै
nepalghatana.com · Sun Jan 16 17:19:29 GMT 2022
नेपालमा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दैगएको छ ।
स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालमा केही दिनदेखि संक्रमित भर्ना हुनेदर बढ्दै गएको बमले बताउनुभयो । उहाँकाअनुसार जेनेरल वार्डमा २६ जना, आइसियु १०, एचडियुमा १० जना संक्रमित उपचाररत रहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)