चोट बोकेरै पैदल मार्च
ekantipur.com · Sat Feb 17 01:24:05 GMT 2024
चितवन — देवकुमारी चौधरीको दाहिने हातमा चोट लागेको छ । पट्टी बाँधेको हात चलाउन मिल्दैन तर कुरा गर्दै जाँदा उनी यति उत्साहित हुन्छिन् कि देब्रे हात जुरुक्क उचालेर मुट्ठी कस्छिन् । अनुहारमा चोटको पीडा हैन, संघर्षमा पूरै समय सामेल हुने उत्साह झल्किन्छ । मिटरब्याजबाट मुक्ति पाउने उद्देश्यले उनी माघ १६ देखि सुरु भएको पैदल मार्चमा सहभागी छिन् ।
महोत्तरी गौशाला–९ की ५८ वर्षीया चौधरीले साहूसँग लिएको ऋण थियो, २ लाख ५० हजार रुपैयाँ । पटक–पटक गरेर साहूलाई ५ लाख रुपैयाँ बुझाइसकिन् । तर ऋण चुक्ता भएन, उल्टै साहूले गोठको गाई पनि लगे । त्यति मात्रै नभएर आफूविरुद्ध मुद्दा पनि दिएको उनले सुनाइन् । ‘यस्तो अत्याचारबाट मुक्ति पाउन हिँडेको हो,’ देवकुमारीले भनिन्, ‘यसका अगाडि अरु पीर र पीडा सामान्य लाग्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)