बाढीले थलिएको इँवाखोला, चार महिनादेखि पुनर्निर्माणको पर्खाइमा
gorkhapatraonline.com · Fri Oct 02 06:46:07 GMT 2026

ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९.९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना चार महिनादेखि ठप्प छ । गत जेठमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको हो ।
रिडी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनाको बाँधस्थल, बालुवा थिग्राउने पोखरी, पाइपलाइन र विद्युत् गृहमा बाढीले क्षति पुर्याएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु हुन नसक्दा आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)