भुटानी शरणार्थीले गुमाए अभिभावक
ekantipur.com · Mon Jun 20 01:03:25 GMT 2022
बिर्तामोड — सन् १९९१ मा पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्दैगर्दा नेपालीभाषी भुटानीसँग डर, त्रास र चीत्कारबाहेक सायदै केही थियो । काखे बालक च्यापेर दुई थान पुराना कपडाका थोत्रा झोला घिसार्दै नेपाल प्रवेश गरेका उनीहरूलाई करिब ३० किलोमिटर पश्चिम कनकाई नदीको पूर्वी किनारको बगरसम्म आइपुग्दा बाँचिन्छ भन्ने आस जगाउनेमध्येका एक थिए— डा. भम्पा राई ।
धुलाम्मे बगरमाथि रेडक्रस सोसाइटीले बनाइदिएको खरका स–साना छाप्रोमा भोकै–तिर्खै बसेका उनीहरूलाई सुरक्षित र अभिभावकीय दायित्व प्रदान गर्ने व्यक्ति पनि थिए उनी । स्वच्छ पानी र स्वस्थकर खाना खान नपाउँदा शिविरमा झाडापखालाले झन्डै सोत्तर बनाउन लागेको अवस्थामा राईले उपचार गरेर ज्यान जोगाएका थिए । उनको त्यो उपचार सम्झेर आज पनि भुटानी शरणार्थीहरू धन्यवाद दिन्छन् । कनकाई किनारमा राईले बिरामीको उपचार मात्रै गरेनन्, नेपाल सरकारसँग समन्वय गर्दै दातृ निकायको सहयोगको पहलकदमी पनि लिए । फलस्वरूप त्यो बेला उनीहरूलाई सहयोग गर्न शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले जिम्मेवारी लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)