साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
ratopati.com · Fri Oct 02 06:58:21 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–३ बस्ने ३७ वर्षीय सरोज मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
मल्लले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका–३ बाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)