चरिकोटतर्फ जाँदै गरेको जिप दुर्घटना, ८ जना घाइते
annapurnapost.com · Fri Oct 02 07:05:02 GMT 2026

काठमाडौं : दोलखा भिमेश्वर नगरपालिका-२, फुल्पास्थित कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब ८ बजे शुक्लाबाट चरिकोटतर्फ जाँदै गरेको बा.प्र.०१-०३५ च ००२५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनामा बोलेरोमा सवारमध्ये हालसम्म ८ जना घाइते भएको खुलेको छ । घाइतेहरूलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल,चरिकोट पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)