शेरबहादुर देउवा क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन
annapurnapost.com · Fri Oct 02 06:58:20 GMT 2026

डडेल्धुरा : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि वडा अधिवेसनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन र आठौं जिल्ला अधिवेशनका लागि भएको नेपाली कांग्रेसको वडा अधिवेशनबाट पूर्वसभापति देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा छनौट भएका हुन ।
देउवासँगै रूवाखोलाबाट उनका सचिव भानु देउवा र अन्य नेता पनि सर्वसम्मत निर्वाचित भएको जनाइएको छ। गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। वडा सभापति पदम महताका अनुसार देउवाको नाममा सर्वसम्मति जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)