मतदाता सूची विवादमा कक्रोच आन्दोलन
ratopati.com · Fri Oct 02 07:19:22 GMT 2026

नयाँ दिल्ली । भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध गर्दै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेर शुक्रबार मुम्बईमा प्रदर्शन गर्ने भएको छ । आन्दोलनले निर्वाचन प्रक्रिया, सरकारी जवाफदेहिता र लोकतान्त्रिक संस्थासम्बन्धी विषयलाई समेत आफ्नो अभियानमा समेट्दै आएको छ ।
अनलाइन अभियानका रूपमा सुरु भएको उक्त आन्दोलनले यसअघि युवा बेरोजगारी र परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा व्यापक प्रदर्शन गरेको थियो । त्यसपछि शिक्षामन्त्रीले राजीनामा दिएका थिए । यसैबिच, विद्यार्थी तथा नागरिक समाजका समूहले पनि समान मागसहित नयाँदिल्लीको जन्तर मन्तरमा प्रदर्शन गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)