भारतमा प्रमुख निर्वाचन आयुक्तविरुद्ध प्रदर्शनअघि दिल्लीमा कडा सुरक्षा
baahrakhari.com · Fri Oct 02 07:29:24 GMT 2026

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारविरुद्ध गान्धी जयन्तीका दिन आयोजना गरिएको प्रदर्शनलाई दिल्ली प्रहरीले अनुमति नदिएपछि जन्तर–मन्तर तथा नयाँ दिल्ली क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अखिल भारतीय विद्यार्थी संघ (एआईएसए), राष्ट्रिय जनता दलका राज्यसभा सांसद मनोज झा र अधिवक्ता प्रशान्त भूषणले आह्वान गरेको प्रदर्शन शुक्रबार बिहान ११ बजे जन्तर–मन्तरमा सुरु गर्ने कार्यक्रम थियो । आयोजकहरूले निर्वाचन आयोगको कामकारबाही, मतदाता नामावली र विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियालाई लिएर प्रश्न उठाउँदै सीईसी कुमारमाथि महाभियोग लगाउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)