मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शक्तिकेन्द्र धाउने कर्मचारीको ‘कासमू’ रेटिने

lokaantar.com · Fri Sep 17 00:40:01 GMT 2021

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको लबिङका लागि शक्तिकेन्द्र धाउने प्रमुख प्रशासकीय अधिकृतहरूमाथि आन्तरिक अध्ययन तथा अनुगमन थालेको छ । आकर्षक र बढी कमाइ हुने स्थानीय तहमा जान मरिहत्ते गर्ने प्रमुख प्रशासकीय अधिकृतमाथि अध्ययन तथा अनुगमन थालिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

योग्यता, कार्यसम्पादन र दक्षताका आधारमा विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको हेरफेर तथा व्यवस्थापन गर्ने तयारी गरिरहँदा केही अधिकृत आफू अनुकूलका स्थानमा जान सत्तारूढ दलका नेता तथा उनका आफन्तमार्फत लबिङमा लागेपछि मन्त्रालयले यो विषयमा चासो देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)