भरतपुर अस्पताल विकास समितिमा अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त
swasthyakhabar.com · Fri Oct 02 07:42:00 GMT 2026

काठमाडौ- भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त भएका छन्।
मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)