गृहमन्त्रीसँग र मृतक गणेश यादवका परिवारबिच सहमति, आजै दाहसंस्कार गर्ने
barnanmedia.com · Sat Aug 01 13:26:13 GMT 2026

सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको आजै दाहसंस्कार गरिने भएको छ । गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिपछि परिवारले अन्त्येष्टिको तयारी अघि बढाएको हो ।
औरही गाउँपालिका–२ तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेशको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो । घटनापछि परिवारले विभिन्न माग राख्दै शव नबुझे पनि सरकारसँग सहमति जुटेपछि आजै अन्तिम संस्कार गर्ने निर्णय गरिएको परिवारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)