‘बाटुलो जून’ को टिजरः अनमोल केसीको फरक अवतार, प्रिन्सीसँग सुन्दर केमेस्ट्री
nepalpress.com · Fri Oct 02 07:55:50 GMT 2026

काठमाडौं । भुवन केसीले निर्माण तथा निर्देशन गरेको बहुप्रतिक्षीत चलचित्र ‘बाटुलो जून’ को टिजर सार्वजनिक भएको छ । एक मिनेट ५४ सेकेन्डको टिजरले दर्शकलाई चलचित्रप्रति यथेष्ट उत्सुकता जगाउन सफल छ ।
चलचित्रमा नायक अनमोल परम्परागतभन्दा फरक भूमिकामा प्रस्तुत भएका छन् । उनको लुक्स र अभिनयमा युवाकालका भुवन केसीको झल्को आउँछ । टिजरको सबैभन्दा बलियो पक्ष चाहिँ अनमोल र प्रिन्सीको केमेस्ट्री हो । सम्भवतः अनमोलले अहिलेसम्मकै उत्कृष्ट स्क्रिन पार्टनर भेटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)