सहकारी ठगीका मुद्दा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध
nagariknews.nagariknetwork.com · Sat Aug 01 13:34:42 GMT 2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र छरितो ढंगले न्याय निरूपण गर्नका लागि सहकारी कसुर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेस गरेको छ।
सहकारी ठगीसम्बन्धी मुद्दाको चाप बढिरहेकाले सो मुद्दा फर्छ्यौटका लागि समर्पित इजलास गठन गर्न अनुरोध गरिएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधानन्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)