वायुसेवा सञ्चालक संघले भन्यो– अदम्य साहसी आरोहीको निधनले सबैलाई स्तब्ध बनाएको छ
baahrakhari.com · Sat Aug 01 13:51:57 GMT 2026

काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहितका १० जनाको निधन भएको घटनाले मर्माहत तुल्याएको जनाएको छ । संघले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
...पर्वतारोहणमा सहभागी सम्पूर्ण आरोहीहरूको हिमपहिरोमा परी असामयिक दुःखद निधनले हामी सबैलाई अत्यन्तै मर्माहत तुल्याएको छ,” संघका अध्यक्ष प्रतापजंग पाण्डेले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “यस दुःखद घडीमा दिवंगगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)