‘अविरल जनसाहित्य यात्रा’मा कवि डा धितालका कविता प्रस्तुत
barnanmedia.com · Sat Dec 27 22:51:11 GMT 2025

काठमाडौँ, १३ पुसः राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा मासिक रूपमा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को १०५औँ शृङ्खलामा शनिबार चिकित्सक एवं प्रगतिवादी कवि डा सरोज धितालका एक दर्जन कविता प्रस्तुत गरिएका छन् ।
कवि धितालका ‘आँसु’, ‘धरहरा लासहरूको’, ‘तिमीलाई चिन्ता’ र ‘सपना’ शीर्षकका कविता उहाँ आफैँ र सहयोगी कविहरू गौरी प्रधानले धितालका पचास वर्ष पुरानो ‘क्रान्तिकारी’ शीर्षकको र जीवनसङ्गिनी प्राज्ञ सुलोचना मानन्धरले ‘जेल परेकी बहिनी’ शीर्षकको कविता सुनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)