मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

समीक्षाका गीतमा झुमे दर्शक

barnanmedia.com · Sat Dec 27 22:50:00 GMT 2025

गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिनुभयो । पुसको जाडोमा पनि उहाँको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उहाँसगै स्वरमा स्वर मिलाए । ‘मुटुमै बसेछ...’ गीतसँगै मञ्च उक्लनुभएकी अधिकारीले ‘हावा चिसोचिसो...’ बाट आफ्नो प्रस्तुतिलाई बिट मार्नुभयो ।

अधिकारीले ‘शिरमा शिरबन्दी...’, ‘दुश्मन हेरेको हेरै...’, ‘बुझिन मैले...’, ‘सूर्ति माड्दामाडदै...’, ‘कुरा बुझ्न पर्छ...’, ‘नत्र भने जिन्दगी व्यर्थ छ...’ लगायत गीत सुनाउनुभयो । पछिल्लो समयकी सफल गायिका अधिकारीलाई बागलुङ उद्योग वाणिज्य सङ्घले दर्शकसँग भेट गराएको हो । उहाँको प्रस्तुति सुन्न प्रौढदेखि बालबालिकासम्म महोत्सवस्थल पुगेका थिए । अधिकारीको गायकीमा कोही मन्त्रमुग्ध देखिन्थे भने कोही नाचेर साथ दिइरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)