मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

४० प्रतिशतमा खुम्चियो दुग्ध कारोबार

ekantipur.com · Thu May 20 00:57:56 GMT 2021

काठमाडौँ — तंग्रिँदै गरेको दुग्ध व्यवसायलाई निषेधाज्ञाले पुनः शिथिल बनाएको छ । पहिलो चरणको लकडाउन १० महिनामा खुलेपछिका करिब ३ महिना दुग्ध पदार्थको बिक्री सामान्य जस्तै भइरहेको थियो । अहिले संकलन र खपत करिब ४० प्रतिशतमा झरेको उद्योगी व्यवसायी बताउँछन् । दूध बिक्री नभएपछि किसानलाई भुक्तानीसमेत दिइएको छैन ।

किसानले करिब ३ महिनादेखि भुक्तानी पाएका छैनन् । ‘पहिलो लकडाउन खुलेपछि बजार क्रमिक सुधार भइरहेको थियो । दोस्रो चरणको निषेधाज्ञाले दूध संकलन र वितरण ४० प्रतिशतमा सीमित भएको छ,’ नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले भने, ‘बिक्री नै नहुँदा किसानलाई पैसासमेत दिन सकिएन ।’ संघका अनुसार २०७६ चैत ११ देखि कोभिडको पहिलो लहरमा लकडाउन हुँदा करिब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात थियो । उक्त धूलो दूध र बटरको मौज्दात कायमै छ । हालको निषेधाज्ञाले मौज्दात थपिँदै गएको उद्योगीको दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)