बालेन सरकारको ६ महिने कार्यकालप्रति एमालेको असन्तुष्टि, 'फासीवादी' प्रवृत्तिको संज्ञा
annapurnapost.com · Fri Oct 02 08:09:49 GMT 2026

काठमाडौं : नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको ६ महिनामा ’फासीवादी’ प्रवृत्ति देखिएको भन्दै आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा नेता थापाले वर्तमान सरकारको ६ महिना पूर्वप्रधानमन्त्रीको गैरकानुनी गिरफ्तारीबाट सुरू भई पूर्वप्रधानन्यायाधीशको नाटक मञ्चनसम्म पुगेको टिप्पणी गरे । फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कन,संसद् तथा जनताप्रति उत्तरदायी बन्न र लोकतन्त्रको पूर्ण पुनर्वहाली गर्न सरकारलाई उनले सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)