मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा हरेक सेकेन्ड एक बच्चा युद्ध शरणार्थी

annapurnapost.com · Sat Jun 04 00:46:00 GMT 2022

कीभ : रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पूरा भएको छ। यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ। यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा यूक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि हजारौं मानिसहरू मारिए। लाखौं मानिस आफ्नो गाउँ, सहर वा बासस्थान छोडेर भाग्न बाध्य बनेका छन्। युद्धकै कारण युक्रेनी सहरहरू भग्नावशेषमा परिणत भएका हुन्। एक करोड २० लाख युक्रेनी विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ। जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन्। ८० लाख मानिस आन्तरिक रूपमै विस्थापित भएको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)