जुम्लाका स्थानीय तहद्वारा एक हजार बढी आयोजना कार्यान्वयन
ratopati.com · Fri Aug 22 17:18:00 GMT 2025

जुम्ला । यहाँका आठ वटा स्थानीय तहले एक वर्षको अवधिमा करिब एक हजार ३५२ वटा विभिन्न विकास निर्माणसम्बन्धी आयोजना कार्यान्वयनमा ल्याएका छन् । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनमा यहाँका स्थानीय तहले एक हजार ३५२ वटा आयोजना कार्यान्वयनमा ल्याएका औँल्याइएको हो ।
महालेखापरीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी पातारासी गाउँपालिकाले रु पाँच लाखसम्मका एक सय ८६ वटा, रु पाँच लाखदेखि रु १० लाखसम्मका ४०, रु १० लाखदेखि रु ५० लाखसम्मका ३९ र रु ५० लाखभन्दा माथिका पाँच गरी दुई सय ७० वटा आयोजना कार्यान्वयनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)