प्राधिकरणमा कुलमानको कमब्याक, हितेन्द्रको सरुवा ऊर्जा आयोगमा
makalukhabar.com · Wed Aug 11 00:31:30 GMT 2021
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालको सचिवालय स्रोतले जनाएको छ ।
यद्यपी सरकारले औपचारिक रुपमा उक्त नियुक्तिको निर्णय भने सार्वजनिक गरेको छैन । सचिवालयका अनुसार प्राधिकरणमा नियुक्त गर्ने निर्णयबारे घिसिङलाई भने फोनमार्फत जानकारी गराइसकिएको छ । घिसिलाई संभवतः आजै नियुक्ति पत्र दिने र उनले बुधबार नै पदबहाली गर्ने तयारी समेत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)