नारायणगढ-मुग्लिन सडक पुस ७ देखि दैनिक ५ घण्टा बन्द
ekantipur.com · Sun Dec 17 16:45:59 GMT 2023
चितवन — नारायणगढ-मुग्लिन सडक पुस ७ देखि २८ गतेसम्म दिनहुँ बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने भएको छ ।
नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्डले आइतबार सूचना निकाल्दै सडक बन्दबारे जानकारी गराएको हो । मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि आडको कडा चट्टानी पहाड काट्न गत वर्षझैं सडक बन्द हुने आयोजनाले जनाएको छ । गत वर्ष पनि यही कामका लागि पुस ५ बाटै दिउँसो सडक बन्द गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)