हेलिकप्टरमा गाउँ पुर्याइयो गणेशको शव, आजै अन्त्येष्टि (तस्बिर)
rajdhanidaily.com · Sat Aug 01 14:21:10 GMT 2026

सिराहा । सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्याइएको छ ।अस्पतालमा पोष्टमार्टमपछि शनिबार साँझ साढे ६ बजे हेलिकप्टरमार्फत उनको शव औरही गाउँपालिका–२ तुलसियाही गाउँमा ल्याइएको हो ।
शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याएर एम्बुलेन्समा परिवारले घर लगेका छन् । घरमा हिन्दू परम्पराअनुसार दाहसंस्कारपूर्वका विधि पूरा गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कारका लागि लैजाने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)