समग्र लुम्बिनीको विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको छ : मुख्यमन्त्री आचार्य
annapurnapost.com · Fri Oct 02 08:36:50 GMT 2026

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका छन्।
जिल्ला समन्वय समिति अर्घाखाँचीले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले विकासका क्षेत्रमा आवश्यक पहलकदमी लिएको बताएका हुन्। उनले सरकारका कामको मूल्यांकन परिणामका आधारमा गर्नुपर्ने उल्लेख गर्दै जनताले अब विकासको प्रतिफल खोजिरहेको बताए। ‘विकासको पहलकदमी लिएका छौँ । अहिले जनताले परिणाम खोजेका छन्। कुराले मात्रै चिउरा भिज्दैन। आलोचना गरेर मात्रै विकास हुँदैन,’उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)