निलम्बन गर्ने निर्णय विरुद्ध चौतर्फि आलोचना सुरु
nepalghatana.com · Sat Apr 09 17:22:00 GMT 2022
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय विरुद्ध चौतर्फि आलोचना सुरु भएको छ । आफूले नियुक्त गरेको गर्भनरलाई हटाइएपछि पूर्वप्रधानमन्त्री समेत रहेक एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा बढि आक्रोशित देखिएका छन् ।
देश अहिले चरम आर्थिक संकटबाट गुज्रिहरहेको छ । महंगीले आकाश छोएको छ । विदेशी मुद्राको अभावले विदेशी आयात झण्डै झण्डै ठप्प हुने अवस्थामा पुगिसकेको छ । यस्तो बेला आर्थिक नीति निर्माताहरुको विशेष निर्णायक भूमिका हुनु पर्ने हो । गम्भीर छलफल र बहसबाट निकास निकाल्नु पर्ने हो । तर सरकारको काम काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरको हालतमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)