गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु
nepalnews.com · Fri Oct 02 08:54:26 GMT 2026

सिन्धुली। सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु भएको छ। उक्त अस्पतालबाट गाउँपालिकाभित्रका अतिरिक्त रामेछाप र ओखलढुङ्गाको सुनकोशी गड्तिर क्षेत्रका बिरामीलाई आधारभूत तथा आकस्मिक स्वाथ्य सेवा उपलब्ध हुँदै आएको छ।
अस्पतालमा उक्त सेवा सुरु भएसँगै त्यस क्षेत्रको मध्यपहाडी राजमार्ग र सुनकोशी गड्तिर क्षेत्रमा हुने प्राकृतिक विपद् तथा आकस्मिक दुर्घटनाका घटनापछि शव परीक्षणलाई जिल्ला सदरमुकाम लैजानुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)