कानुन उल्लङ्घन गर्ने जोसुकै भए पनि समान ढङ्गले जरिवाना गरिनेछः मन्त्री साह
barnanmedia.com · Fri Oct 02 08:53:22 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बजार अनुगमनको उद्देश्य व्यवसायलाई आतङ्कित बनाउने नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रियसभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक छलफल कार्यक्रममा सहभागी हँुदै मन्त्री साहले बजार अनुगमनमा कैफियत भेट्टिएमा सरकारी वा निजी कुनै पनि नभनीकन जरिवाना गरिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)