कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने
ratopati.com · Fri Oct 02 09:06:44 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसले १५ औँ महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको छ। महाधिवेशनको तयारीका विषयमा जानकारी दिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष पत्रकार सम्मेलनमार्फत कांग्रेसले महाधिवेशनको प्रचारप्रसारमा तामझाम नगरिने बताएको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनमा वातावरणमैत्री प्रचारप्रसार गर्नका लागि सबै उम्मेदवारहरूलाई आग्रह गरिएको बताए। '१५औँ महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री सहरमा टाँसिँदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरूलाई आग्रह गरिएको छ, वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ।' प्रवक्ता चालिसेले भने।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)