कुहिरो हटेपछि देखियो दुनैको मनमोहक रूप, चाडपर्वमा पर्यटक पर्खिँदै
kalakarmi.com · Fri Oct 02 09:09:52 GMT 2026

सुर्खेत- ठुलीभेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ । हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको ठुली भेरी नदी र टाढा देखिने हिमाली दृश्यले दुनैको आकर्षण थपिएको छ ।
भेरी कोरिडोर हुँदै जाजरकोटबाट डोल्पा प्रवेश गर्ने पर्यटकका लागि दुनै पहिलो प्रमुख गन्तव्य हो । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक केन्द्रसमेत रहेको दुनैबाट फोक्सुन्डो ताल, शे–गुम्बा, धो तरापलगायतका पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक यहाँ बास बसेर आफ्नो गन्तव्यतर्फ जाने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)