मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सलिको र हिमालयन बुलियनबीच सहकार्य, ग्राहकलाई १० लाखसम्मको दुर्घटना बीमा सुविधा

annapurnapost.com · Fri Oct 02 09:05:43 GMT 2026

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन बुलियन कम्पनी लिमिटेडबीच ग्राहक तथा सदस्यहरूलाई थप वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले दुर्घटना बीमा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौताअनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध योग्य ग्राहकहरूले आफ्नो सदस्यताको स्तरअनुसार SALICO को दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्। उक्त योजनामा संलग्न हुने Silver Membership का ग्राहकले १ लाखसम्म, Golden Membership का ग्राहकले ५ लाखसम्म र Diamond Membership का ग्राहकले १० लाखसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)