कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति : १० तोला सुन, बैंक खातामा १ लाख ५५ हजार
kendrabindu.com · Fri Oct 02 09:21:22 GMT 2026

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको विवरणअनुसार शाहीसँग १० तोला सुन र १० तोला चाँदी रहेको छ।
सम्पत्ति विवरणमा सुनचाँदीको स्रोत पैतृक सम्पत्ति, शिक्षकको तलब, खुद्रा व्यवसाय तथा पारिश्रमिकबाट प्राप्त भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)