कांग्रेसको १५ औं महाधिवेशन प्रविधिमैत्री बनाइने
nepalnews.com · Fri Oct 02 09:37:29 GMT 2026

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औं महाधिवेशन प्रविधिमैत्री हुने जानकारी गराउँदै प्रचारप्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरेका छन्।
महाधिवेशनका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनमा प्रचारप्रसारलाई वातावरणमैत्री बनाउँदै अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गरिने बताए। उनले महाधिवेशनस्थलमा मुख्य प्रवेशद्वार बाहेक अन्य स्थानमा प्रचार सामग्री टाँस्ने काम नगरिने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)