कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री बनाइने
lokaantar.com

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसको १५औँ महाधिवेशन प्रविधिमैत्री हुने जानकारी गराउँदै प्रचारप्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरेका छन् ।
महाधिवेशनका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनमा प्रचारप्रसारलाई वातावरणमैत्री बनाउँदै अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गरिने बताए । उनले महाधिवेशन स्थलमा मुख्य प्रवेशद्वार बाहेक अन्य स्थानमा प्रचार सामग्री टाँस्ने काम नगरिने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)