कियराको जीवनसाथी !
annapurnapost.com · Tue Sep 21 06:38:00 GMT 2021
मुम्बई : कियारा आडवाणी बलिउडकी स्टाइलिस अभिनेत्रीमा गनिन्छिन्। उनी अहिले चलचित्र ‘शेर शाह’का कारण चर्चामा छिन्। यस चलचित्रमा उनको सुन्दरता र प्रेमी सिद्धार्थ मल्होत्रासँगको अनस्क्रिन केमेस्ट्रीका कारण पनि सबैको ध्यान तान्न सफल भएकी छन्। पछिल्लो समय कियरा चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’मा गेस्ट सेलिब्रिटीका रुपमा पुगेकी थिइन्। ‘शेर शाह’ चलचित्रका अभिनेता सिद्धार्थ मल्होत्रासँगै कार्यक्रममा पुगेकी उनले निकै हँसिमजाक पनि गरेकी थिइन्। उनलाई कार्यक्रम प्रस्तोता कपिल शर्माले ‘कस्तो जीवन साथी मन पर्छ’ भन्ने प्रश्न गरेका थिए। कियराले हाँस्दै जवाफ दिएकी थिइन्, ‘कलाकार भएमा धेरै राम्रो हुन्छ। सबै गुण एउटैमा।’ कियराको जवाफ सुनेर कपिल शर्मा केही नबोली मुस्कुराइ मात्रै रहेका थिए।
विगत लामो समयदेखि कियरा र अभिनेता सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्धका बारेमा धेरै पटक भारतीय सञ्चार माध्यम तात्ने गरेको छ। भारतीय मिडियाको क्यामरामा यी दुई धेरै पटक कैद पनि भइसकेका छन्। जहाँ जाँदा पनि यी दुई सँगै हुन्छन्। तर, यी दुईले अहिलेसम्म आफ्नो सम्बन्धका बारेमा भने केही बोलेका छैनन्। दुवैले आफूहरू मिल्ने साथी भएको दाबी गर्दै आइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)