धुलिखेलमा अन्तर्राष्ट्रिय हक्की रङ्गशाला निर्माण गरिने
ratopati.com · Fri Oct 02 09:49:54 GMT 2026
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ र १२ को सिमाना क्षेत्रमा पर्ने चिसापानी डाँडामा अन्तर्राष्ट्रियस्तरको हक्की रङ्गशाला तथा प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । सङ्घीय सरकारबाट बजेट सुनिश्चित भई त्रिपक्षीय सम्झौता सम्पन्न भएपछि यस परियोजनाको निर्माणका लागि औपचारिक बाटो खुलेको हो ।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र शैक्षिक गन्तव्यका रूपमा परिचित काभ्रेपलाञ्चोकको धुलिखेल अब खेलकुदको नयाँ केन्द्रका रूपमा समेत विकास हुने भएको छ । हरियाली डाँडाकाँडा, स्वच्छ वातावरण र रमणीय भूगोलका कारण पर्यटकीय पहिचान बनाएको धुलिखेलमा बन्ने यो रङ्गशालाले यहाँको खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)