मुस्ताङको कोरलालाई एक बर्षका लागि अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव
corporatenepal.com · Fri Oct 02 09:43:14 GMT 2026

काठमाडौं । भदौ १० गते लेहेन्दे खोलामा आएको विनाशकारी बाढीले रसुवागढी नाका बगाएपछि चीनले मुस्ताङ स्थित कोरला नाकालाई एक बर्षका लागि अन्तर्राष्ट्रिय नाका बनाउने प्रस्ताव गरेको छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नमा पनि सहयोग गर्ने पनि चीनको प्रस्ताव छ ।
चीनतर्फ भन्सार, अध्यागमन लगायतका सीमा पूर्वाधार यसअघि नै तयार गरेको छ । नेपाल खण्डमा भने अन्तर्राष्ट्रिय नाकालाई हुने गरि सीमा पूर्वाधार बनेका छैनन् । त्यहाँ बिजुली, इन्टरनेट तथा पानीको समेत सुविधा राम्रो छैन । तर, त्यस्ता पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने चीनको प्रस्ताव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)