मुस्ताङमा बन्यो प्रादेशिक अस्पताल भवन
barnanmedia.com · Sat Dec 27 23:02:51 GMT 2025

यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोममा निर्माणाधीन जिल्लाकै एकमात्र २५ शय्याको दुईतले पक्की अपाङ्गमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा छ । विसं २०७७ चैत २ गते दुई वर्षमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको यहाँको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको छ ।
अपाङ्गतामैत्री दुईतले अस्पताल भवन सुरुआती ठेक्का सम्झौता अनुसार २०७९ साल १ चैतमा सकिनुपर्ने थियो । तर अस्पताल भवनको छानो छाउने डिपिआर डिजाइनमा प्राविधिक त्रुटि देखिँदा भवन निर्माण केही वर्ष रोकिएको थियो । निर्माण कम्पनीले ‘भिओ’ स्वीकृत नगरी काम अघि नबढाएपछि सार्वजनिक खरिद ऐन, १३औँ संशोधनअनुसार अस्पताल भवनको म्याद २०८१ साल २ पुससम्म थप गरिएको थियो । त्यसपछि यहाँ निर्माणाधीन अस्पताल भवनको प्रि–डिजाइन गरी भिओ स्वीकृत गरिएपछि अस्पताल भवन निर्माणको काम अघि बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)