मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शान्ति प्रक्रियालगायतका मुद्दामा साझा धारणा बनाउन दाहाल-ओली भेटवार्ता

ekantipur.com · Sat Oct 28 01:03:39 GMT 2023

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शान्ति प्रक्रियालगायतका मुद्दामा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । नेपालको शान्ति प्रक्रियाका बाँकी काममा सहमति जुट्न बाँकी रहेकाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको मुखमा सरकार र प्रतिपक्षको एउटै धारणा बनाउन दुई नेताबीच भेटवार्ता भएको हो ।

शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा दाहालले ओलीलाई बोलाएर राष्ट्रसंघका महासचिव गुटेरससँग शान्ति प्रक्रिया टुंग्याउनेबारे ‘साझा धारणा राख्दा राम्रो हुने’ प्रस्ताव गरे । ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन एमाले बाधक नरहेको दोहोर्‍याउँदै सरकारले बढी तत्परता देखाउनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)