मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनासलुमा हिमपात, आरोहीका टेन्ट पुरिए

gorkhapatraonline.com · Fri Oct 02 10:08:01 GMT 2026

लगातारको हिमपातका कारण मनासलु हिमालको आधार शिविरमा आरोहीले प्रयोग गर्दै आएका टेन्ट तथा अन्य सामग्री हिउँले पुरिएका छन् । केही दिनयता निरन्तर हिमपात भएपछि आधार शिविरको जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

हिमपातका कारण आधार शिविरमा राखिएका आरोहीका टेन्ट, खाद्यान्न तथा अन्य आवश्यक सामग्री हिउँले पुरिएपछि निकाल्नका लागि शेर्पा पथप्रदर्शक सहितको टोलीले प्रयास गरेको थियो । अत्यधिक मात्रामा परेको हिमपातका कारण हाल सम्म निकाल्न नसकिएको आरोहण गाइड पिताम्बर शेर्पाको भनाई छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)