मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट विश्वकप २०२७ : नयाँ संरचना, १४ टोली र ४५ दिनको विश्वकप यात्रा

annapurnapost.com · Fri Oct 02 09:58:21 GMT 2026

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने पुरुष क्रिकेट विश्वकपको खेलतालिका सार्वजनिक गरेको छ। अक्टोबर २ देखि नोभेम्बर २१ सम्म चल्ने विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

विश्वकपको सुरुआत समूह चरणबाट हुने छैन। प्रतियोगिताको पहिलो चरणमा क्रिकेट विश्वकप क्वालिफायरमा दोस्रो, तेस्रो र चौथो स्थानमा रहने तीन टोलीले नामिबियाको विन्डहोकमा सुपर सिरिज खेल्नेछन्। अक्टोबर २, ४ र ६ मा हुने उक्त सिरिजको शीर्ष स्थानमा रहने टोलीले विश्वकपको समूह चरणमा स्थान बनाउनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)