कक्षा १२ को नतिजा अध्ययन गर्न समिति गठन
gorkhapatraonline.com · Fri Jun 26 00:35:24 GMT 2026

। कक्षा १२ को नतिजाको विषयमा विद्यार्थीबाट व्यक्त असन्तुष्टिबारे छानबिन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिमा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवसहितको प्रतिनिधित्व रहने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । उक्त समितिले कक्षा १२ को उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क तथा तथ्याङ्क प्रविष्ट (डेटा इन्ट्री) को प्रमाणीकरणका विषयमा अध्ययन गर्ने छ ।
बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)