पहिरोले संकटमा परेको विद्यालय जोगाउन श्रमदानमा जुटे गाउँले
annapurnapost.com · Sat Aug 01 16:09:27 GMT 2026

सुनसरी : अविरल वर्षापछि गएको पहिरोले खोटाङको साकेला गाउँपालिका–१ डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालय जोखिममा परेपछि स्थानीय समुदाय आफैं संरक्षण अभियानमा जुटेको छ। विद्यालयको भत्किएको पर्खाल जोगाउन र थप क्षति रोक्न ‘साकेला श्रम अभियान’ अन्तर्गत श्रमदानमार्फत विद्यालय भवन जोगाउन रिटेनिङ वाल निर्माण सुरु गरिएको छ।