अनमोल केसी स्टारर ‘बाटुलो जून’ टिजर सार्वजनिक
kendrabindu.com · Fri Oct 02 10:30:58 GMT 2026

काठमाडौं । सुपरस्टारको उपाधि पाएका अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । निर्माण ब्यानर सनराइज पिक्चरले फिल्मको प्रचारलाई गति दिने उद्देश्यसहित फिल्मको पहिलो चल प्रचार सामग्री दर्शकमाझ ल्याएको हो ।
टिजरले चलचित्रको परिवेश र कथाका आयामहरुको झलक मात्र प्रस्तुत गरेको छ । कथाको बारेमा पूरा जानकारी नदिएर टिजरले ‘टिज’ गर्नुपर्ने मान्यतालाई आत्मसात गर्दै चलचित्र भित्र रहेको क्यान्डिड सटलाई स्थान दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)