चन्दा उठाएर तीन महिनापछि नेपाल पठाइयो शव
rajdhanidaily.com · Thu Feb 22 23:08:32 GMT 2024
काठमाडौं । इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ । केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो । त्यसपछि शव व्यवस्थापनका लागि अन्योल खडा भएको थियो ।
श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएपछि शव अलपत्र अवस्थामा परेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले उनको शव नेपाल पठाउन आर्थिक अभियान सञ्चालन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)