सवारी साधन दर्ता प्रक्रियाका सम्बन्धमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र नाडाविच छलफल
ajakoartha.com · Fri Oct 02 10:49:00 GMT 2026

काठमाडौं- गते नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसंग भेटगरी सवारी साधनहरुको दर्ताको सम्बन्धमा देखा परेका समस्याहरुको विषयमा विस्तृत छलफल गरेको छ ।
उक्त भेटघाट तथा छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले हाल चाडपर्वको समय नजिकिँदै गएको तथा यातायात व्यवस्था कार्यालयहरुमा समेत सवारीसाधन दर्ता सम्बन्धी कार्यको चाप बढिरहेको अवस्थामा कार्यालयमा उपलब्ध जनशक्ति सीमित हुँदा सेवाग्राही तथा कम्पनीका प्रतिनिधिहरूको काम समयमै सम्पन्न गर्न केही कठिनाइ भइरहेको अवस्था छ भन्दै कम्पनीका प्रतिनिधिहरूले आफ्ना कम्पनीको तर्फबाट आवश्यक कागजात पेश गर्ने तथा सवारीसाधन दर्तासम्बन्धी आवश्यक कार्यमा सहजीकरण गर्ने भए तापनि कार्यालयमा हुने नियमित प्रक्रिया तथा कर्मचारीको कार्यचापका कारण उक्त कार्य सम्पन्न गर्न अपेक्षाकृत बढी समय लाग्ने गरेकोले यस विषयमा तत्काल सहयोग र समन्वयका लागि अनुरोध गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)