मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियसभाको २१औँ अधिवेशनको १४५ दिनमा ५२ बैठक

ratopati.com · Fri Oct 02 10:55:40 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको २१औँ अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भई असोज १६ गतेसम्म गरी १४५ दिन चलेको यस अधिवेशनमा ५२ वटा बैठक बसेका छन् । यस अवधिमा सभाले ९८ घण्टा १० मिनेट समय विभिन्न संसदीय प्रक्रिया सम्पन्न गरेको अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा जानकारी दिए ।

अधिवेशनले अध्यादेशलाई प्रतिस्थापन गर्ने ६ वटा विधेयकहरू (प्रतिनिधिसभा सदस्य निर्वाचन, मतदाता नामावली, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक) पारित गरी प्रमाणीकरणको प्रक्रिया पूरा गरेको छ। साथै, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलगायत बजेटसँग सम्बन्धित महत्त्वपूर्ण कामहरू सम्पन्न भएका अध्यक्ष दाहालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)