कुमारी बैंकका ग्राहकलाई 'रमदा एन्कोर' होटेलमा २० प्रतिशतसम्म छुट
nepalsamaya.com · Fri Oct 02 11:05:36 GMT 2026

काठमाडौँ - कुमारी बैंक लिमिटेड र ठमेल, काठमाडौँस्थित 'रमदा एन्कोर बाइ विन्डम' होटेलबीच कुमारी बैंकका ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार कुमारी बैंकका डेबिट वा क्रेडिट कार्डवाहक तथा कुमारी स्मार्ट मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले रमदा एन्कोरको होटेल तथा रेस्टुरेन्टका खाना, पेय पदार्थ र स्पामार्फत लिने सेवाहरूमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
यसका साथै ग्राहकहरूलाई होटेलका विभिन्न सेवा सुविधाहरू लिन सहज होस् भन्ने उद्देश्यले किस्ताबन्दी (EMI) सुविधासमेत उपलब्ध गराइने भएको छ। होटेलमा वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकहरूले आफ्नो जन्मदिनमा नि:शुल्क केक प्राप्त गर्नेछन् भने पारिवारिक जमघट तथा कार्यक्रमहरू आयोजना गर्दा लाग्ने केक र कर्केज शुल्कसमेत नलाग्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)