मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘विन्टर–क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी

barnanmedia.com · Sat Dec 27 23:09:01 GMT 2025

बनेपा फुटबल एकेडेमीले पुस तेस्रो साता बालबालिकालक्षित ‘विन्टर–क्याम्प’ सञ्चालन गर्ने भएको छ । राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित एकेडेमीले क्याम्प सञ्चालन गर्न लागेको जनाएको हो ।

फुटबल खेलको माध्यमबाट बालबालिकालाई कुलत तथा कुसङ्गतबाट बचाउन, स्वच्छ जीवन जिउने कला सिकाउनुका साथै सामाजिक क्रियाकलापमा अनुशासित बन्न तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित क्याम्प सञ्चालन गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । माउन्ट एभरेस्ट फुटबल क्लब र बनेपा फुटबल क्लबको सहकार्य तथा जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन गर्न लागेको एकेडेमीले पुस १९ गतेदेखि १५ दिन १६ वर्षमुनिका आठ वर्षसम्मका बालबालिकाका लागि क्याम्प सञ्चालन गरेको संस्थाका अध्यक्ष निरोज शाक्यले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)